सेन्ट लरेन्स कलेज दुर्व्यवहार प्रकरण : प्रहरी वृत्त अगाडि प्रदर्शन

सेन्ट लरेन्स कलेज दुर्व्यवहार प्रकरण : प्रहरी वृत्त अगाडि प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका छात्रामाथि यौन दुर्व्यवहार भएपछि आज पनि विद्यार्थीले बिहानैबाट गौशाला प्रहरी वृत्त अगाडि प्रदर्शन जारी राखेका छन्।

कलेजका केर्डिनेटर जनार्दन अधिकारी र शिक्षक राजन पौडेलले छात्राहरूमाथि यौन दुराचार गरेको भन्दै यौन दुराचारीलाई कारबाही गरिनुपर्ने माग विद्यार्थीहरूको छ। 

आफ्नो इच्छा पूरा गर्दिए कलेजको शुल्कदेखि अरु कुरा छुट गराइदिने भन्दै विद्यार्थीलाई नराम्रो हर्कत गरेको पीडित विद्यार्थीको आरोप छ।

यौन दुर्व्यवहार भएको भन्दै छात्राहरूले शिक्षकविरुद्ध किटानी जाहेरी दिएपछि ति शिक्षक प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ।  

Logo