नेपालमा अहिले स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको मौसमविद्ले बताएका छन्। यही वायुको प्रभावका कारण आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश-१, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाइएको छ।
आज प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने मौसमविदले जानकारी दिएका छन्। प्रदेश-१, मधेश प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै आइतबार पनि प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश-१, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रतिक्रिया