नीतिका कुरा : मन बिचलित भएको बेला कुनै निर्णय नलिनु

नीतिका कुरा : मन बिचलित भएको बेला कुनै निर्णय नलिनु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जब हाम्रो मन विचलित हुन्छ, त्यसबेला हामीले कुनै पनि महत्वपूर्ण निर्णय लिनु हुँदैन । यस्तो अवस्थामा, निर्णयमा गल्ती हुन सक्छ, जसले भविष्यमा समस्या निम्त्याउन सक्छ । दिमाग शान्त बनुन्जेल पर्खनुहोस् र त्यसपछि मात्र निर्णय लिनुहोस् । अशान्त मनको सम्बन्धमा गौतम बुद्धको एउटा प्रसंग प्रचलित छ ।

प्रसंग अनुसार, एक व्यक्तिको आफ्नी श्रीमतीसँग तालमेल हुदैनथ्यो, उनीहरू बीच दिनहुँ झगडा हुने गथ्र्यो । यसकारण, उसको मन अशान्त थियो । एकदिन थकित भएर ऊ जंगलमा गयो । त्यस समयमा गौतम बुद्ध आफ्ना चेलाहरूसँग जंगलकै बाटो भएर जाँदै थिए ।

उनीहरुको जम्का भेटमा दुःखी व्यक्तिले बुद्धलाई सबै कुरा बताएर भने म सन्यास लिन चाहन्छु, कृपया मलाई तपाईंको चेला बनाउनुहोस् । बुद्ध यस कुरामा सहमत भए । भोलिपल्ट बिहान, बुद्धले ती व्यक्तिलाई भने कि म तिर्खाएको छु, नजिकैको खोलाबाट पानी ल्याऊ ।

उनी बुद्धका लागि पानी ल्याउन नदीको किनारमा गए । त्यहाँ पुगेपछि वन्यजन्तुहरू खेलकुद र हाम फाल्दा पानी फोहोर भएको उनले देखे । तल जमेको माटो माथि आएको थियो । यसरी फोहोर पानी देखेपछि नयाँ चेला फर्किए । बुद्धसामु पुगेपछि उनले यस बारेमा उनलाई जानकारी दिए ।

केही समयपछि बुद्धले फेरि उनलाई पानी ल्याउन पठाए । यस पटक उनी नदीको किनारमा पुग्दा पानी एकदमै सफा देखे । नदीको फोहोर मैला तल बसीसकेको थियो । यो देखेर उनी छक्क परे । उनी पानी लिएर बुद्धसामु पुगेर सोधे अब राम्रो पानी पाइन्छ भनेर तपाईंलाई कसरी थाहा भयो ?

बुद्धले उनलाई सम्झाउदै भने पशुहरुले पानीमा हामफालेर खेलिरहेका थिए । जसले गर्दा पानी अशुद्ध भयो तर जब सबै जनावरहरू त्यहाँबाट भागे, नदीको पानी शान्त भयो । बिस्तारै सम्पूर्ण फोहोर तल बस्न थाल्यो । त्यस्तै प्रकारले, जब हाम्रो जीवनमा धेरै समस्याहरू आउँछन्, हाम्रो मनको शान्तिमा पनि अवरोध आउँछ । यस्तो अवस्थामा हामी गलत निर्णय लिन्छौं । हामीले मनको उथलपुथल शान्त पार्ने प्रतिक्षा गर्नुपर्दछ । धैर्य गर्नुपर्छ । दिमाग शान्त पार्न प्रतिक्षा गर्नुपर्छ ।

बुद्धको कुरा सुनेपछि उक्त व्यक्तिले आफ्नो जीवन सम्झे । उनले बुझे कि घर छोड्ने निर्णय उनको अशान्त मनले गरेको थियो । जुन गलत थियो । त्यस पश्चात उनले बुद्धसँग घर फर्कने आग्रह गरे र उनी आफ्नी श्रीमतीसँग गए । यसपछि, उसको विवाहित जीवनको समस्याहरूको अन्त्य भयो । यसपश्चात उसले शान्त रहेर नै सबै समस्याहरू समाधान गर्न थाल्यो ।

Logo