जहाज बेपत्ता अपडेट : मौसम खराब छ, खोज्न मुस्किल छ

जहाज बेपत्ता अपडेट : मौसम खराब छ, खोज्न मुस्किल छ


पोखराबाट उडेको तारा एयरकाे जहाज बेपत्ता भएपछि खोजी सुरु भएको छ। मुस्ताङको जोमसोमबाट फिस्टेल एयरको हेलिकोप्टर खोजीका लागि निस्किए पनि बादल लागेका कारण त्यसै फर्किएको बताइएको छ।

यस्तै पोखराबाट पनि नेपाली सेनाको जहाजमा रेस्क्यु टोली त्यसतर्फ गएको छ। ‘मौसम खराव छ। दुर्घटना कहाँ भयो भन्ने थाहा छैन,’ मुस्ताङका पत्रकार सुन्दर थकालीले भने, ‘मानापाथी र धवलागिरी हिमालकै वरपर यो दुर्घटना हुन सक्छ भनिएको छ। तर कहाँनिर भन्ने छैन ।’

उनका अनुसार मुस्ताङको मौसम निकै खराब अवस्थामा छ। साे जहाजमा चालक दलका तीन सदस्यसहित २२ यात्रु सवार थिए। 

Logo