अपडेटः ‘विमानकाे आवाज सुनेका थियौं, आर्मीको टिम जाँदैछ’

अपडेटः ‘विमानकाे आवाज सुनेका थियौं, आर्मीको टिम जाँदैछ’


पोखराबाट आइतबार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाज लार्जुङ आसपास दुर्घटना भएको अनुमान गरिएको छ। त्यहाँका एकजना शिक्षक वीरेन्द्र लामिछानेका अनुसार लार्जुङमा एसेम्ब्ली गर्ने बेला आवाज आएको थियो।

‘हामी एसेम्ब्ली गर्दै थियौं । स्कुलमाथि तिर जहाजको आवाज आइरहेको थियो। केही साथीहरूले डोल्पा हिड्न लागेको भनेर ठट्टा गर्नुभयो । एक जनाले यो अब हराउने भयाे भनेर पनि चर्चा गर्नुभयो,’ उनले भने, केहीबेरमा आवाज आयो। जहाज सम्पर्कविहीन भएको समाचार पनि सुन्यौं।’

उनका अनुसार अहिले त्यस क्षेत्रमा हेलिकोप्टर घुमिरहेको छ। ‘हेलिकोप्टर घुमिरहेको छ। लार्जुङको खोंच हामी यहाँबाट जान सजिलो छैन। कहाँनिर खस्यो भन्ने थाहा छैन। यहिँ निर खसेको भन्ने आशंका छ,’ उनले भने, ‘म बसेको ठाउँबाट आर्मीहरु धेरै गइरहेका छन्।’ यो थासाङ गाउँपालिकाको वडा नम्बर २ कोवाङ नजिक पर्छ।

Logo