तारा एअर दुर्घटनाको छानबिन गर्न छानबिन समिति गठन

तारा एअर दुर्घटनाको छानबिन गर्न छानबिन समिति गठन

केन्द्रबिन्दु
0
Shares

सरकारले तारा एअरको विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले जनाएका छन्। 

वरिष्ठ एरोनटिकल इन्जिनियर रतिश चन्द्र लाल सुमनको नेतृत्वमा जाँच आयोग गठन गरेको हो। आयोगमा क्याप्टेन दिपुराज ज्वार्चन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेका छन्। 

लामिछानेलाई आयोगको सदस्य सचिवको जिम्मेवारी तोकिएको छ।

Skip This
Skip This
Logo