हजारका २० नक्कली नोटसहित दुई जना पक्राउ

हजारका २० नक्कली नोटसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन्।

उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली नोट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले पर्साको जगरनाथपुर गाउँपालिका–६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नेपाली नोट साट्दै गरेको सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको बताए ।

इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई मेलाबाटै १ हजार दरको २० थान नोटसहित पक्राउ गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखेर मुद्रासम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

Logo