काठमाडौं महानगरमा गुनासो सुन्नका लागि सात दिनभित्रमा कल सेन्टर स्थापना गरिने

काठमाडौं महानगरमा गुनासो सुन्नका लागि सात दिनभित्रमा कल सेन्टर स्थापना गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ। 

वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरवासीको गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । मेयर बालेन्द्र साहले यससम्बन्धी प्रस्ताव बैठकमा राखेका थिए । कल सेन्टर सात दिनभित्र स्थापना गरिने निर्णय कार्यपालिका बैठकले गरेको हो । 

त्यस्तै बैठकले रेष्टुरेन्ट, होटल, पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ। 

रेष्टुरेन्ट र चेन होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन साहले बैठकमा प्रस्ताव गरेका थिए ।

सार्वजनिक शौचालयहरु पनि बनाउँदै जाने उनले बताए । त्यसरी प्रयोग गर्न मिल्ने शौचालयमा महानगरले बोर्डहरुसमेत राख्ने जनाइएको छ। 

Skip This
Skip This
Logo