तारा एयर दुर्घटना : थप १२ शव काठमाडौं ल्याइयो (फोटोफिचर)

तारा एयर दुर्घटना : थप १२ शव काठमाडौं ल्याइयो (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा आइतबार भएको तारा एयरको विमान दुर्घटनामा परेर ज्यान गुमाएका सबैको शव काठमाडौं ल्याइएको छ । 

मंगलबार थप १२ जनाको शव ल्याइएसँगै सबै मृतकको शव काठमाडौं ल्याइएको हो । गत आइतबार पोखराबाट जोमसोमका लागि उडेको तीन चालक दल सदस्य र १९ जना यात्रु सवार तारा एयरको ‘टुवीन अटर नाइन एन-एइटी’ विमान सोमबार बिहान मुस्ताङको सानोसरेमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । 

सोमबार नै १० जनाको शव काठमाडौं ल्याइएको थियो भने बाँकी १२ जनाको शव मंगलबार ल्याइएको हो । 

शव पोष्टमार्टमका लागि काठमाडौं ल्याई त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा लगिएको छ । पोस्टमार्टम पश्चात् शव सम्बन्धित परिवारजनलाई बुझाइनेछ । 

तारा एयरको विमान मुस्ताङको थासाङ गाउँपालिका-२ सानोसरेमा  दुर्घटनामा परेको थियो ।  विमानमा चालक दलका तीन जना सदस्यसहित २२ जना यात्रु रहेका थिए ।
 

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

Avatar

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

Logo