धादिङ ।
धादिङमा गएराति एक वृद्धको खुर्पाले हानेर हत्या भएको छ । नीलकण्ठ नगरपालिका ३ मा ती बृद्धको हत्या भएको हो ।
स्थानिय २३ वर्षीय राजु परियारले सोही ठाउँका ६४ वर्षीय सोमबहादुर गुरुङको खुर्पाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि ती युवाले प्रहरी सामु आत्मसर्मपण गरेका छन् । उनले बृद्धको टाउको छिनालेर झोलामा हाली जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।
सामान्य भनाभनमा विवाद उत्पन्न भएपछि आफूले बृद्धको हत्या गरेको ती बृद्धले प्रहरीलाई बताएका छन् ।
घटना लगत्तै प्रहरीले मुचुल्का गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा पठाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया