टेकुको पेट्रोल पम्पमा विस्फोट हुँदा २ जना घाइते

टेकुको पेट्रोल पम्पमा विस्फोट हुँदा २ जना घाइते

केन्द्रबिन्दु
0
Shares

टेकुको पेट्रोल पम्पमा इन्धन राख्ने ट्याङ्कीमा ग्यास विस्फोट भएको छ । सो क्रममा दुई जना घाइते भएका छन् । 

कनक पेट्रोल पम्पको ट्याङ्कीमा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर गाउँपालिका ३ घर भइ काठमाण्डौको कालीमाटी बस्ने ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका प्रहरीले जनाएको छ । घाइते दुवै जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

आज आइतवार बेलुका पाँच बजेतिर ट्याङ्की मर्मत गर्ने क्रममा ग्यास विस्फोट भएको प्रहरीको भनाइ छ । 

Logo