सेनाको नेतृत्वमा “सफा हिमाल अभियान २०२२” सम्पन्न, चार हिमालबाट ३३ हजार ८०० किलोग्राम फोहोर संकलन

सेनाको नेतृत्वमा “सफा हिमाल अभियान २०२२” सम्पन्न, चार हिमालबाट ३३ हजार ८०० किलोग्राम फोहोर संकलन


नेपाली सेनाको नेतृत्वमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न सरकारी दातृ निकायसँगको समन्वयमा सञ्चालन भएको सफा हिमाल अभियानको तेस्रो सम्पन्न भएको छ । 

सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा, र मनास्लु गरि चार हिमालबाट ३३,८०० केजीभन्दा बढी फोहोर संकलन गरिएको छ । संकलन गरिएको फोहोरलाई प्रमाणीकरण पश्चात वर्गीकरण, प्रशोधन, र पुनःप्रयोगको लागि रिसाइकल पार्टनरलाई हस्तान्तरण गरिनेछ ।

त्यसै गरि सफा हिमाल अभियानका निर्देशकले भने, “सफा हिमाल अभियान २०२२ अन्तर्गत अभियानमा हामीले ४ वटा हिमालबाट ३३ हजार केजी फोहोर संकलन गर्न सफल भएका छौँ । प्रतिकुल मौसमी अवस्था र अत्यधिक उचाइका कारण यो काम चुनौतीपूर्ण र जोखिमपूर्ण थियो तर अभियान पूरा गर्दै राष्ट्रको स्वाभिमान जोगाउने कार्यमा आफ्नो भूमिका निर्वाह गर्न पाएकोमा हामी खुशी छौँ । वातावरण सम्बन्धि जिम्मेवार संस्थाहरुको साझेदारी र वहाँँहरुको अथक सहयोगको लागि हामी आभारी छौँ । साथै यस अभियानको शुरुवातदेखि नै हामीलाई प्रदान गर्नुभएको निरन्तर सहयोगको लागि कोका-कोला फाउन्डेसनप्रति कृतज्ञ छौँ ।”

कोका-कोला फाउन्डेसनकी अध्यक्ष साडिया माड्सब्जर्गले माउन्टेन क्लिन–अप क्याम्पेनसँग कोका–कोला फाउन्डेसनको साझेदारी भन्नु नै फोहोर–मुक्तवातावरण निर्माणको लागि सम्बन्धित सबैलाई एक ठाउँमा ल्याउने हाम्रो दृढ प्रतिबद्धता भएको बताए । उनले भने, "यी हिमालहरू आफ्नो प्राकृतिक सौन्दर्यको लागिविश्व प्रसिद्ध हुनुको साथै नेपालीहरुसँग सांस्कृतिक रुपमापनि जोडिएका छन् । यस्तो मजबुत प्राकृतिक-संस्कृतिक बन्धनले वासस्थान संरक्षणमा प्रमुख भूमिका खेल्छ । हिमालयको प्राकृतिक सौन्दर्यलाई धेरै पछिसम्म सुरक्षित राखिरहनको लागि कोका-कोला फाउन्डेसनले सदैव सहयोग गरिरहनेछ र आशा छ कि यस्ता कार्यक्रमहरुले नेपाल र विश्वभरी नै अझ बढी जलवायु सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्न हौसला दिनेछ ।”


Logo