बञ्चरेडाँडामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। झडप नियन्त्रणमा लिन प्रहरीले दुई सेल अश्रुग्याँस पनि प्रहार गरेको छ। अहिले बञ्चरे डाँडाको अवस्था निकै तनावपूर्ण रहेको प्रहरीले जनाएकाे छ ।
बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा दुई सय बढी प्रहरी परिचालन भएका थिए। स्थानीयवासीले फोहोर फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको हाे।
स्थानीयवासीले प्रहरीमाथि ढुंगामुढा गरेपछि झडपको सुरुवात भएको थियो । त्यसपछि प्रहरीले पनि बल प्रयोग गरेकाे हाे।





























प्रतिक्रिया