जुम्लामा बलात्कारका घटना बढ्न थालेका छन् । पछिल्लो समयमा २० वर्ष मुनिका किशोरीमाथि बलात्कारका घटना बढेका हुन् । जसको उदाहरण हुन गुठिचौर गाउँपालिका वडा नम्बर ५ निवास १७ वर्षीय बालिका ।
उनीमाथि गुठिचौर ५ निवासी २ जना व्यक्तिले गत सोमबार सामूहिक बलात्कार गरेका हुन् । उनीहरूले सोमबार साँझ खेतमा पानी हाल्न गएको बेला सामूहिक बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।
पीडितका आफन्तले प्रहरीमा उजुरीसमेत दिएका छन् । घटना भएको ठाउँमा प्रहरी गएर अनुसन्धान गरेको जुम्लाका निमित्त प्रहरी नायव उपरीक्षक धर्मराज जोशीले बताए । उनले भने, ‘उनीमाथि बलात्कार गर्ने व्यक्ति फरार छन् । उनीहरूको खोजीकार्य भइरहेको छ । पीडितलाई न्याय दिन र दोषीलाई कानुनी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।ु
गुठीचौर ५ की १७ वर्षीया नबालिका एक उदाहरण मात्रै हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाको दुई आर्थिक वर्षको तथ्यांक हेर्दा उनी जस्तै १६ वटा किशोरी बलात्कृत भएका छन् । आर्थिक वर्ष २०७७र७८ मा २० वर्ष मुनीका सात किशोरी किशोरी बलात्कार भएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७८र७९ मा २० वर्ष मुनीका १० किशोरीसहित १६ जना बलात्कृत भएको उजुरी जिल्ला प्रहरी कार्यालय जुम्लाका परेको छ । जुम्ला प्रहरीको तथ्यांक हेर्दा बलात्कृत हुनेमा आर्थिक अवस्था कमजोर भएका दलित र विपन्न बढी छन् ।
प्रतिक्रिया