काठमाडाैंकाे फोहोर उठाउन १८ बुँँदे सहमति, आजैदेखि फोहोर उठ्ने (पत्रसहित)

काठमाडाैंकाे फोहोर उठाउन १८ बुँँदे सहमति, आजैदेखि फोहोर उठ्ने (पत्रसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं उपत्यकाको फोहोर व्यवस्थापनका लागि १८ बुँदे सहमित भएको छ। नुवाकोटको सिसडोलका बासिन्दाले यसअघि जेठ २३ गते भएको सहमतिलाई अवज्ञा गर्दै फोहोर फाल्न अवरोध गरेपछि काठमाडौँ महानगरपालिका र स्थानीय जनप्रतिनिधिबीच शुक्रबार मध्यराति सहमति भएको हो।

सहमतिअनुसार अब रातको समयमा मात्रै फोहोर फाल्ने भएको छ। सहमतिपत्रमा सरकार र महानगरले गर्नुपर्ने काम समय निर्धारण गरेर उल्लेख गरिएको छ।

काठमाडौँ महानगरका प्रमुुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पौड्यालले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। सहमतिसँगै शुक्रबारबाट उपत्यकाको फोहोर उठ्ने बताइएको छ।

Logo