पशुपतिमा योग शिविर कार्यक्रम सम्पन्न

पशुपतिमा योग शिविर कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
0
Shares

अन्तर्राष्ट्रिय योग दिवसको सन्दर्भमा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको छ ।  

बुधवार बिहान स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र,भारतीय राजदूतावासको आयोजना र पशुपति क्षेत्र विकास कोषको सहयोगमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का अध्यक्ष डा। विनय सहस्रबुद्धेको प्रमुख आतिथ्यतामा पशुपति परिसरमा योग शिविर कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा।मिलनकुमार थापा, भारतीय राजदूतावासको डेपुटी चिफ अफ मिसन नामग्या सी खम्पा, कोषका कोषाध्यक्ष नारायण सुवेदी, पतञ्जली योग पिठ नेपालका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै पशुपतिनाथ मन्दिरका मुल भट्ट गणेश रावलले शरीर स्वास्थ्य राख्नको लागि योगको साधन गर्न आवश्यक रहेको बताए । उनले योग गर्दा शरीर लचिलो बन्ने मात्रै नभइ मन र मस्तिष्क स्वस्थ हुने बताए । उनले योग गर्न नसक्दाको असर हाम्रो जीवन, कार्यक्षमतामा परिरहेको पनि बताए ।
भारतीय सांस्कृतिक सम्वन्ध परिषद्का अध्यक्ष डा।विनय सहस्रबुद्धे र पशुपति क्षेत्र विकास कोषको तर्फबाट पशुपति परिसरमा रुद्राक्ष र कपुरको वृक्षारोपण समेत गरिएको छ ।

Skip This
Skip This
Logo