जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेबाट सेवा दिने

जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेबाट सेवा दिने

केन्द्रबिन्दु
0
Shares

सेवाग्राहीको चाप बढेपछि जिल्ला प्रशासन कार्यालय जाजरकोटले बिहान ८ बजेदेखि सेवा सुरु गरेको छ । राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीको संख्या बढेपछि बिहानैदेखि सेवा दिन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी झलक केसीले बताए । 
यहाँ पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । राहदानी बनाउन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि राष्ट्रिय परिचयपत्र बनाउने बढेका हुन् ।

Logo