काठमाडौं उपत्यकामा एकैदिन १९ सय ६४ सवारी चालकमाथि कारवाही

काठमाडौं उपत्यकामा एकैदिन १९ सय ६४ सवारी चालकमाथि कारवाही

केन्द्रबिन्दु
0
Shares

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन १ हजार ९६४ जना सवारी चालकलाई कारवाही गरेको छ । 
ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उपत्यकाको विभिन्न स्थानमा बुधबार उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 
कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, लेन उल्लंघन गर्ने १३७ जना, मदिरा पिएर सवारी साधन चलाउने ११० जना, तिब्र गतीमा सवारी साधन चलाउने ६९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ८८ जना चालक रहेका छन् । 
यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६४ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३३ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३१ जना चालकहरू पनि कारवाहीमा परेको कार्यालयले जनाएको छ ।
 

Skip This
Skip This
Logo