धादिङमा मलामी बोकेको गाडी दुर्घटना हुँदा २६ जना घाइते

धादिङमा मलामी बोकेको गाडी दुर्घटना हुँदा २६ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सदरमुकाम धादिङबेसीबाट मलामी लिएर मैदी जाँदै गरेको गाडी  दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । 

बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति करिब ११ बजे नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

६ जनाको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको र अन्य घाइते सामान्य उपचार पछि घर फर्किएको धादिङका डीएसपी जागेश्वर भण्डारीले जानकारी दिए । 

Skip This
Skip This
Logo