सशस्त्र प्रहरी परिवार महिला संघले दियो बाराका १ हजार ५० घरधुरीलाई झुल र पोलार ब्ल्याङ्केट

सशस्त्र प्रहरी परिवार महिला संघले दियो बाराका १ हजार ५० घरधुरीलाई झुल र पोलार ब्ल्याङ्केट

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरी परिवार महिला संघले बाराका तीन पालिकाका एक हजार ५० घरधुरी परिवारलाई झुल र पोलार ब्ल्याङ्केट वितरण गरेको छ । काठमाडौंस्थित फिटवेल गार्मेन्टको सहयोगमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष अनिता लामिछाने (अर्याल) ले  निजगढ, कोल्हबी नगरपालिका र करैयामाई गाउँपालिकाका एक हजार ५० गरिव र विपन्न प्रतिपरिवार तीन थान झुल र एक थान पोलार ब्ल्याङ्केटसहितको राहत प्याकेट वितरण गरेकी हुन् । 
सशस्त्र प्रहरी परिवार महिला संघले निजगढको भक्तलाल, कोल्हबीको रामपुर्वा र करैयामाईमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा राहत सामग्री वितरण गरेको हो । अध्यक्ष लामिछानेले संघले देशका विभिन्न भागमा हुने बाढी, पहिरो, आगलागी, हुरीबतास पीडित र अतिगरिब, असहाय तथा विपन्न परिवारलाई सहयोग गर्दै आएको जानकारी दिइन । 

 

Skip This
Skip This
Logo