मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मोरङको बेलबारी नगरपालिका-११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् । मृत्यु हुनेमा सोही नगरपालिका-१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् । गम्भिर घाइते भएका कुसुमलाललाई उपचारको लागी विराटनगर स्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । 

घाइते भएका मोटरसाइकल पछाडि सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका-६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ । घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउसो सवा १२ बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

Logo