विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको छ : महावीर पुन

विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको छ : महावीर पुन

केन्द्रबिन्दु
0
Shares

विद्युतीय गाडी बनाउने कार्य अन्तिम चरणमा पुगेको ष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले बताएका छन् । पुराना पेट्रोलियम इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा रुपान्तरण गर्ने कार्य अन्तिम चरणमा पुगेको पुनले बताए । 

विगत तीन वर्ष अघिदेखि पुराना गाडीहरुलाई इलेक्ट्रिक गाडीमा परिर्वतन गर्न लक्ष्य बोकेको तर कोभिडका कारण उक्त कार्यले गति लिन नसकेको संस्थापक पुनले जानकारी दिए । उनले भने, ‘देशमा पुराना सरकारी देखि निजी सवारी साधनहरु अधिकतम छन् । त्यसैले अब तिनीहरुको प्रयोगमा ल्याउने विकल्प भनेकै विद्युतीयमा परिवर्तन गर्ने हो ।’

साना गाडीको इन्जिन झिकेर कभरलाई पेन्टिङ गरी ब्याट्री र मोटर फिट गरेर इलेक्ट्रिक बनाउन लागिएको पुनले बताए ।
सञ्चार माध्यमहरुले राष्ट्रिय आविष्कार केन्द्रले पुराना गाडी विद्युतीय गाडीमा परिवर्तन गरिसक्यो भनेर समाचार प्रकाशन गरेका, तर त्यसमा कुनै पनि सत्यता नभएको र कोभिडका कारण यसमा ठूलो असर पारेको उनको भनाइ छ ।

‘यदि नेपालमा विद्युतीय गाडीको अविष्कार गर्ने हो भने नेपालले अरु देशसँग पेट्रोलको लागि हात जोड्न पर्ने थिएन ।’, पुनले भने । त्यसैगरी राष्ट्रिय आविष्कार केन्द्रले बनाउन लागेको चार पाङग्रे गाडी अबको तीन महिनापछि तयार हुने उनले जानकारी दिएका छन् ।

Skip This
Logo