विषालु च्याउ खाँदा बागलुङमा चारजना बिरामी

विषालु च्याउ खाँदा बागलुङमा चारजना बिरामी


बागलुङको ताराखोला गाउँपालिकामा विषालु च्याउ खाँदा चार जना बिरामी परेका छन् ।

विषालु च्याउ खाँदा ताराखोला-५ माटेबिसौनाका एकै घरका ३ जनासहित ४ जना विरामी परेका हुन् । 
 विरामी पर्नेमा मनकुमारी घर्ती, गमबहादुर घर्ती, दमबहादुर घर्ती छन्। यसैगरी उनीहरूको घरमा पाहुना आएका म्याग्दी रुम घर भएका रविन रोका पनि बिरामी भएका छन् । 

घाइतेहरूको गलकोट स्थित इमरजेन्सी पोलिकिल्निक हटियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मंगलबार बेलुका जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेपछि बुधबार बिहान ३ बजे उपचारका लागि हटिया ल्याइएको हो ।  

Logo