सुर्खेतमा जम्मा तीन प्रतिशत रोपाई सम्पन्न

सुर्खेतमा जम्मा तीन प्रतिशत रोपाई सम्पन्न

केन्द्रबिन्दु
0
Shares

आकाशे पानीको भरमा रोपाई हुने कर्णाली प्रदेशका अधिकांश जिल्लामा अझै रोपाई सम्पन्न हुन सकेको छैन । 

असार पन्ध्र आउन एक साता बाँकी रहँदा कर्णालीमा किसान पानीको पर्खाइमा रहेका छन् । कृषि निर्देशनालयका कृषि प्रसार अधिकृत विनोद खरेलका अनुसार कर्णालीका १० जिल्लामध्ये जुम्लामा भने शतप्रतिशत रोपाई सम्पन्न भएको छ । सुर्खेतमा जम्मा तीन प्रतिशत मात्रै हालसम्म रोपाई सम्पन्न भएको हो ।

उनका अनुसार हुम्लामा ७२ प्रतिशत रोपाई हुँदा कालिकोटमा भने ६० प्रतिशत रोपाई सम्पन्न भइसकेको छ ।यस्तै गरी डोल्पामा ४५ प्रतिशत, दैलेखमा १५ प्रतिशत, रुकुम पश्चिममा ४० प्रतिशत रोपाई सम्पन्न भएको हो । मुगुमा ३४ प्रतिशत रोपाई सम्पन्न हुँदा सल्यानमा तीस प्रतिशत मात्रै रोपाई सम्पन्न भएको छ ।
 

Logo