जुम्लाका डिलरमै भेटिन्छन् अखाद्य वस्तु

जुम्लाका डिलरमै भेटिन्छन् अखाद्य वस्तु

केन्द्रबिन्दु
0
Shares

जुम्लाको सदरमुकाममा रहेका ठूला व्यापारीका डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती भेटिएका छन् ।

जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिने गरेपछि यस पटक जुम्ला बजारका केही गोदाममा अनुगमन गरिएको छ । जुम्ला बजारमा रहेका केही ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला पारिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्यप्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमनका क्रममा अखाद्य वस्तु फेला पारिएको हो । 
यसअघि पसल अनुगमन गर्दै आएको जिल्ला अनुगमन समितिले पहिलो पटक डिलर र फेन्सी पसल अनुगमन थालेको छ । अनुगमन समितिले रवी जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो । 

जुम्लामा खाद्य तथा खुद्राको व्यवसायको ब्रण्ड मानिएको लुम्बिनी टेड्रसको डिलरमा म्याथ गएका सामान भेटिएका छन् । सदरमुकाम खलंगाका ठूला व्यापारीले नै मिति सकिएको र दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु ग्रामीण भेगका पसलमा पठाउने गरेको पाइएपछि यस पटक डिलर अनुगम गरिएको उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, धेरैको पसलको मूल्य सूचि नभेटिएको, एउटा फर्म दर्ता गरेर धेरै मिसावट बिक्री वितरण गरिएको जस्ता कैफियत पाइने गरेको छ । 

त्यस्तै  लुम्बिनी टेड्रसको डिलरमा बिकानो बिस्कुट– ३० हजार मूल्य बराबरको, गोल्डेन बिस्कुट एक हजार मूल्य बराबरको, कुकिज बिस्कुट एक हजार मूल्य बराबरको, ललिपप बिस्कुट तीन सय रुपैयाँ मूल्य बराबरको, रक्कि चक्की मिठाई पाँच सय बराबरको, अधुरी बिस्कुट पाँच सय बराबरको कफी चकलेट १९ सय बराबरको गरी ३५ हजार २०० बराबरको म्याद गुज्रिएको अखाद्य वस्तु नियन्त्रणमा लिइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. ईश्वरी सुवेदीले बताए । 

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमीला रिजालले अधिकांश पसल दर्ता नभएको जानकारी दिइन् । उनले दर्ता नभएका पसलबाट नै अखाद्य वस्तु बिक्री भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ गर्नुपर्नेमा जोड दिइन् ।  

Logo