काठमाडौंको कला-संस्कृतिलाई विश्वभर चिनाउनु पर्छ : बालेन्द्र शाह

काठमाडौंको कला-संस्कृतिलाई विश्वभर चिनाउनु पर्छ : बालेन्द्र शाह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौंको कला-संस्कृतिलाई विश्वभर चिनाउन गैरआवासीय नेपाली सघं (एनआरएनए)लाई आग्रह  गरेका छन् । 

एनआरएनको टोलीसँग आज बिहीवार भएको भेटमा मेयर साहले कला, संस्कृति र सम्पदाको सहर काठमाण्डौलाई संसाभर चिनाउन आग्रह गरे । उनले काठमाण्डौ महानगरभित्र एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालयलाई जग्गा उपलब्ध गराउन र व्यवस्थापन गर्न महानगर सकारात्मक रहेको बताए । 

मेयर साहले एनआरएनएको योजना कार्यान्वयनका लागि महानगरपालिका लाग्ने विश्वास व्यक्त गरे ।  एनआरएनएका अध्यक्ष कुल आचार्यले एनआरएनए महानगरपालिकासँग सहकार्य गरी स्मार्ट सिटीु अवधारणाको कार्यान्वयन, ट्राफिक व्यवस्थापन, आधुनिक सार्वजनिक शौचालय निर्माणलगायत सहकार्य गर्न तयार रहेको बताए ।

 एनआरएन काठमाडौं महानगरपालिकाको टिमसँग सहकार्य गर्न उत्साहित रहेको उल्लेख गर्नुभयो । भेटमा एनआरएनए युरोपका संयोजक चिन्तामणि सापकोटा, एनआरएनए आइसिसी सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक  रमेश काफ्लेलगायतको सहभागिता रहेको थियो । 
 

Logo