खोटाङस्थित जयराम–हलेसी सडक जिर्ण, मर्मतमा गएन ध्यान

खोटाङस्थित जयराम–हलेसी सडक जिर्ण, मर्मतमा गएन ध्यान

केन्द्रबिन्दु
0
Shares

कालोपत्रे उक्किदा खोटाङको जयराम–हलेसी सडक खण्ड जिर्ण बनेको छ । एसियाली विकास बैंक (एडिबी)को आर्थिक सहयोगमा ०६७ सालमा गरिएको ओटासिल पिच उक्किदा जयराम–हलेसी (३० किलोमिटर) सडक जिर्ण बनेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत जयराम–हलेसीको च्यास्मिटार, दुर्छिम र हलेसी आसपासमा कालोपत्रे उक्किदा खाल्डाखुल्डी बनेको छ ।

३–४ वर्षमै कालोपत्रे उक्किन थालेपछि धार्मिकस्थल हलेसी मन्दिर आउने जाने पर्यटक तथा दर्शनार्थी मारमा परेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले बताए । हलेसी तुवाचुङ नगरपालिकाभित्र पर्ने जयराम–हलेसी सडक राजधानी काठमाडौं लगायतका शहर जाने र आउने प्रमुख मार्ग हो ।

दैनिक सयौँ सवारीसाधन ओहोरदोहोर भइरहने सडक निर्माणमा ठेकेदारको लापरबाहीका कारण सर्वसाधारणले सास्ती भोग्नु परेको छ । सडकका खाल्डा जोगाउँदा दुर्घटनाको जोखिम बढेको चालकहरूको भनाइ छ ।  खाल्डोमा वर्षायाममा पानी जमेर आहाल बन्ने गरेको उनीहरूको भनाइ छ ।

 

Logo