मलेसियामा मृत्यु भएका १७ नेपालीको शव नेपाल ल्याइयो

मलेसियामा मृत्यु भएका १७ नेपालीको शव नेपाल ल्याइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याइएको हो ।

नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो ।

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो ।

निगमको जहाजमा ल्याइएको शव शनिवार नै आफन्तलाई जिम्मा लगाइएको छ ।

Logo