नारायणगढ-मुग्लिन सडक खण्डका विभिन्न ठाउँमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ।
सो सडकखण्ड अहिले एकतर्फी सञ्चालनमा रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । लगातारको अविरल वर्षा र पहिरोले सडक अस्तव्यस्त बनेको छ । अहिले पहिरो पन्छाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । वर्षा नरोकिँदा बाटो खुलाउन समस्या भएको प्रहरीले बताएको छ ।





























प्रतिक्रिया