जुम्लाको पातारासी गाउँपालिका बागजाले पाटनमा चट्याङ लागेर ८० भेडा मरेका छन् ।
चट्याङबाट पाँच जना कृषकका ८० भेडा मरेका हुन् भने ३ सय भेडा हराएका छन् । शुक्रबार बेलुकी ३ बजेतिर बागजालेमा परेको चट्याङले पातारासी गाउँपालिका ४ लुम निवासी ५ जना भेडापालक कृषकका भेडाका परेका हुन् । अप्ठ्यारो भिर भएकाले खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका अन्तर्गतको पशु शाखाका प्राविधिक हरि कामीले बताए ।
प्रहरी चौकी डिल्लिचौर प्रमुख बद्री साउदका अनुसार जोरा रोकाया, रामबहादुर रेउले, शंकर नेपाली, धर्म रेउले र मानबहादुर रोकायाका भेडा मरेका हुन् ।





























प्रतिक्रिया