बबरमहलमा कार दुर्घटना, ३ जना घाइते

बबरमहलमा कार दुर्घटना, ३ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौँको बबरमहलमा आज बिहान कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन्।

घाइते हुनेमा कार चालक भक्तपुर कमलबिनायकका २५ वर्षीय विकास बुढाथोकी, कारमा सवार सोही ठाँउका २७ वर्षीय जिनी चौरसीया र रामेछाप घर भई हाल कमलबिनायक बस्ने २१ वर्षीय जीवन गिरी रहेका छन्।

घाइते ३ जनाकै सिभिल अस्पताल वानेश्वरमा उपचार भैरहेको छ। घाइते मध्ये गिरीको अवस्था गम्भिर रहेको छ। आज बिहान पौने ३ बजे बा २ च ८५३३ नम्बरको कार आफै अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरी वृत्त सिंहदरबारले जानाएको छ।

Logo