केएमसी स्कुलकी कर्मचारी मृत घटना : अनुसन्धानको प्रक्रिया नै अघि बढ्न नसकेको प्रहरीको भनाइ

केएमसी स्कुलकी कर्मचारी मृत घटना : अनुसन्धानको प्रक्रिया नै अघि बढ्न नसकेको प्रहरीको भनाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा कार्यरत एक कर्मचारी मृत फेला परेकी छन्। काभ्रे तेमाल गाउँपालिका घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

उनी शनिबार राति पौने ८ बजे झुन्डिएको अवस्थामा फेला परेको भन्ने प्रहरीलाई खबर आएको थियो। उनी होस्टेलको स्टाफको कोठाको डबल डेकर खाटमा झुन्डिएको अवस्थामा फेला परेकी हुन्।

गएराति नै शव फेला परे पनि प्रहरीले अनुसन्धान प्रक्रिया सुरू गर्न सकेको छैन।‘अनुसन्धानको प्रक्रिया नै अघि बढ्न सकेको छैन्’ । प्रहरी उपरीक्षक मैनालीले भने। 

लकडाउनको समयदेखि झन्डै डेढ वर्षदेखि होस्टेलमा कार्यरत उनको शव अझै उठेको छैन। उनी स्कुल नजिकै दुई सय मिटर पर घरमा कोठा लिएर बसेकी थिइन्। उनका आफन्त परिवारले उनको हत्या भएको आशंका गरेका छन्।

मृतक परिवार तथा आफन्तहरू एक सय बढी घटनास्थलमा पुगेका छन्।अहिले अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीले परिवारसँग छलफल गर्ने प्रयास गरिरहेको मैनालीले बताए।

मृतकका मामा श्याम खत्रीका अनुसार प्रहरीले वार्ता गर्ने भने पनि हुनसकेको छैन। हत्याको आशंका गरेर निष्पक्ष छानबिन हुनुपर्ने माग रहेको उनले बताए।

Logo