उदयपुरमा सुनकोशीले बगाएर दुई बालिका बेपत्ता भएका छन् ।
बुधबार त्रियुगा नगरपालिका–१४ साउनेकी १३ वर्षीया विपना राई र १२ वर्षीया विना राई बेपत्ता भएको वडाध्यक्ष होमबहादुुर मगरले जानकारी दिए । सिसाखोला दोभान धाप्लाङघाटबाट दिउँसो करिब २ बजेको समयमा उनीहरुलाई खोलाले बगाएको हो ।
बालिका गाईवस्तु चराउन गएको बेला गर्मी भएपछि पौडी खेल्न कोशी पुगेका थिए । जिल्ला प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराका अनुसार कोशीमा बेपत्ता उनीहरुको खोजीकार्य भइरहेको छ । परिवार, गाउँले र प्रहरीले खोजीकार्य गरे पनि साँझ अबेरसम्म फेला परेका छैनन् । उद्धार टोलीले आज पनि खोजी सुरु गरेको छ।





























प्रतिक्रिया