विराटनगर बसपार्कमा एक पुरुष मृत फेला

विराटनगर बसपार्कमा एक पुरुष मृत फेला

केन्द्रबिन्दु
0
Shares

विराटनगर बसपार्कमा एक पुरुष मृत भेटिएका छन् । विराटनगर महानगरपालिका ११ स्थित बसपार्कमा आज बिहान पुरुष मृत फेला परेका हुन् ।

बसपार्कको प्रतीक्षालयमा राखिएको बेन्चमा मृत फेला परेका अन्दाजी ५०–५५ वर्षीय पुरुषको पहिचान नखुलेको प्रहरीले बताएको छ  ।उनी बुधबार बेलुका साढे ८ बजेतिर बसपार्कको प्रतीक्षालयमा बसिरहेका थिए ।

शव रहेको स्थानदेखि केही पर विषको बट्टा पनि रहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।

मृतकको पहिचान खुलाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

Logo