तरकारी किन्न बजार गएका युवक मृत फेला

तरकारी किन्न बजार गएका युवक मृत फेला

केन्द्रबिन्दु
0
Shares

तरकारी किन्न बजार जान्छु भन्दै बुधबार घरबाट निस्केका मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह आज मृत अवस्थामा फेला परेका छन् । मिर्चैया नपा-९ घुर्मीचाेकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनकाे शव फेला परेकाे हो ।

बुधबार अपरान्ह घरबाट प्र२-०१-००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर, आज  साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइल सडको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ।

प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लडेको हुनसक्ने अनुमान गरेकाे छ । तर घटना संकास्पद रहेकाले अनुशन्धान सुरु गरेकाे इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी हरिबहादुर ओलीले जानकारी दिए।

घटनाको प्रकृतिअनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिए पनि आशंक गर्ने ठाउँ रहेको उनले जनाए। 

घरबाट हिजै निस्केका भए पनि गाउँबाट जन्ती जाने भएकाले जन्ती गएको हुन सक्ने भन्दै घरपरिवारले खोजी नगरेको बताएका छन् । उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको छ । 

 

Avatar

 

Avatar

 

Avatar

 

 

 

 

Skip This
Skip This
Logo