ताप्लेजुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन्।
बिहीबार चट्याङ लागेर मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पाको मृत्यु भएको हो । मकै गोड्ने क्रममा चट्याङ लागेर शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा सामान्य घाइते भएका छन् । घाइते दुवै स्थानीय स्वास्थ्यचौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।































प्रतिक्रिया