स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

स्याङ्जामा पोखरीमा डुबेर दुईजनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा – जिल्लाको गल्याङ–६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ ।

बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ–६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए ।

तत्काल उद्धार गरी वालिङस्थित गहौँ प्राथमिक अस्पतालमा पुर्‍याइएकामा चिकित्सकले दुवैजनालाई मृत घोषणा गरेको थियो ।

Logo