अक्सिजेनेटर मेसीनको तत्काल व्यवस्था मिलाउन सरकारलाई सुझाव

अक्सिजेनेटर मेसीनको तत्काल व्यवस्था मिलाउन सरकारलाई सुझाव

केन्द्रबिन्दु
0
Shares

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले कूटनीतिक पहलगरी मुटुको शल्यक्रियाका लागि आवश्यक अक्सिजेनेटर मेसिन तत्काल उपलब्ध हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिएको छ । समितिको आज सिंहदरवारमा बसेको बैठकले सो मेसिन तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेको हो ।

मुटुका बिरामीहरुको शुल्यक्रिया नै हुन नसकेको विषयलाई गम्भिरतापूर्वक लिएर कूटनीतिक पहल गरी त्यसको आवश्यक व्यवस्था मिलाउन सरकारलाई सुझाव दिइएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिइन् ।

उनले भनिन्, ‘अक्सिजेनेटर मेसिन चाँही कूटनीतिक पहल गरेर तत्काल उपलब्ध गराउनु प¥यो भनेर म सरकारलाई सुझाव दिन चाहन्छु । मुटुको विरामीहरुको शल्यक्रिया नै हुन सकेन भनेर समाचार आएका छन । यस विषयमा सरकार संवेदनशील भएर यसको आवश्यक व्यवस्था छिटो मिलाउनु प¥यो ।’ 
 

Logo