सामान्य अवस्थामा समेत मुखमा लगाइने मास्क अब भने सवारी साधन चलाउनका लागि समेत अनिवार्य जस्तै बनेको छ । कोभिड–१९ को लहर चल्नु भन्दा पहिले केही सवारी धनीले मात्र मुखमा लगाउने मास्क अब भने सबैले प्रयोग गर्न थालेका छन् ।
पछिल्लो समयमा फेरि कोभिड संक्रमण बढ्दो क्रममा रहेको अवस्थामा मास्कको अनिवार्यता फेरि पेचिलो बन्दै गएको छ । अब हिडडुल गर्दा सामान्य मानिसले समेत कोभिड संक्रमण मात्र होइन, धुलो र धुवाँबाट बच्नका लागि समेत मास्क अनिवार्य रुपमा लगाउने गरेका छन् ।
नेपाली बजारमा विभिन्न ब्रान्डका मास्क उपलब्ध छन् । नेपाली बजारमा लोकप्रिय रहेको बज्र ग्रुप अन्तर्गतको बज्र हेल्थ एण्ड केयर उद्योगले लामो समय देखि बज्र मास्क बिक्री–वितरण गर्दै आइरहेको छ । बज्र मास्कमा ब्याक्टेरिया फिल्ट्रेसन ९९.९५ प्रतिशत रहेको छ जसको कारण मास्क लगाउदा शरीर भित्र कुनै पनि ब्याक्टेरिया प्रवेश गर्न पाउदैन ।
विभिन्न कलरमा बज्र मास्क सजिलै उपलब्ध भइरहेको कम्पनीको भनाइ छ । यो अन्तर्राष्ट्रिय कम्पनीबाट सीई सर्टिफाइड मास्क हो भने यसले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह आईएसओ ९००१ :२०१५ प्राप्त गरेको छ । उच्च स्तरीय मास्क भएकाले कुनै पनि ब्याक्टेरियाबाट सजिलै बच्न सकिने बताइएको छ । मास्क प्रयोग गर्दा स्तरीय मास्क प्रयोग गर्नु आवश्यक हुन्छ ।
बजारमा पाइने सामान्य मास्क लगाउदा मास्कको फिताले कान दुख्ने, घाउ हुने जस्ता समस्या हुन्छन् ।कोरोनाभाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनमा बस्नु सबैभन्दा प्रभावकारी ठानिएका बेला मास्कको प्रयोगमा पनि विज्ञहरूले जोड दिएका छन् । तर त्यसको सही प्रयोग र सही छनोट महत्त्वपूर्ण हुने उनीहरूको भनाइ छ । घरबाहिर भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट जोगाउन मास्कले धेरै हदसम्म सहयोग पुर्याउने जनस्वास्थ्यविद्हरूको मत छ ।





























प्रतिक्रिया