महोत्तरीमा विभिन्न घटनामा सम्बन्धित ४ हजार ५ सय ४६ वटा निवेदन परेका छन् । आर्थिक वर्ष २०७७÷७८ मा परेका उक्त मुद्दा मध्ये ११ वटा मुद्दा दर्ता भएका छन् भने ४ हजार ३ सय ३४ वटा मुद्दा फर्छ्यौट भएका छन् ।
२०१ मुद्दाको काम बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सिधा मुद्दा भने ७ सय ४५ वटा दर्ता भएका छन् । उक्त मुद्दा मध्ये ४९३ वटा फर्स्यौट भएका छन् भने बाँकी २५२ मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए ।
७४५ वटा मुद्दामा किटानी जाहेरी दिएका ६०८ जना पक्राउ परेका छन् । यसमध्ये २०९ जनालाई पुर्पक्षका लागी थुनामा राखिएको छ । ३५१ जना धरौटीमा छुटेका छन् ।
सात जनाको उमेरको कारणले अभिभावकको जिम्मा लगाइएको प्रहरीको वार्षिक तथ्यांकमा उल्लेख छ । त्यसैगरी ५ जनालाई साधारण तारेखमा छाडिएको छ भने ३६ जना भने अनुसन्धानको क्रममा छन् ।
फैसला कार्यान्वयनअन्तर्गत ३०२ जना फरार अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूबाट ३८ लाख ९६ हजार ९ सय ४८ जरिवाना असुल गरिएको छ ।





























प्रतिक्रिया