दाङमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु

दाङमा ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङको लमही नगरपालिका–६ देउपुरमा आज बिहान ट्रयाक्टरबाट खसेर एक जना किशोरको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय १५ वर्षीय सुशान चौधरी रहेका छन् । 

ट्रयाक्टरबाट खसेर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

लु ४ त ८१०६ नम्बरको ट्रयाक्टरमा सवार उनी आज बिहान ६ बजे ट्रयाक्टरबाट खसेका हुन् । 

ट्रयाक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।

Skip This
Skip This
Logo