थपिए ६६० कोरोना संक्रमित , एकको मृत्यु

थपिए ६६० कोरोना संक्रमित , एकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

 एकैदिन थप ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घन्टामा देशभरबाट ४६८२ नमूना परीक्षण गर्दा ६६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९४२ र एन्टिजेनबाट २७४० नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३२६ र एन्टिजेनबाट ३३४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४४४ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ५६४१ पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २० हजार ६६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।

Skip This
Skip This
Logo