काठमाडौंको फोहोर लिएर गएका १८ गाडी बन्चरेडाँडामा तोडफोड गरिएको छ।
गएराति बन्चरेडाँडास्थित स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर विसर्जनका लागि पुगेका गाडीमा तोडफोड गरिएको ल्यान्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले बताए । तीन दिनयता फोहोर विसर्जनमा बन्चरेडाँडाका स्थानीयले अवरोध गर्दै आएका छन् ।
सडक मर्मतका लागि खटाइएको डोजरमा पनि तोडफोड गरिएको श्रेष्ठको भनाइ छ । विगत लामो समयदेखि स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै आन्दोलन गर्दै आएका छन् । भदौ १ गतेदेखि सधैँका लागि ल्यान्डफिल साइटमा फोहोर लैजान नदिने घोषणा पनि स्थानीयले गरिसकेका छन् ।































प्रतिक्रिया