‘वेकरिज द केक सप’ को आउटलेट काठमाडौंको शंखमुलमा

‘वेकरिज द केक सप’ को आउटलेट काठमाडौंको शंखमुलमा

केन्द्रबिन्दु
0
Shares

झापाको बिर्तामोडमा यसअघि सञ्चालनमा आएको ‘वेकरिज द केक सप’ को उद्योग र आउटलेट काठमाडौंमा पनि खुलेको छ । युवा उद्यमीहरुको लगानीमा काठमाडौंमा खुलेको उक्त उद्योग र आउटलेटमा ५० लाखको हाराहारीमा लगानी गरिएको छ । यो सपमा चर्चित युवा व्यवसायीद्वय दिपेन्द्र राउत र सञ्जय महासेठले सञ्चालनमा ल्याएका हुन ।

काठमाडौंको शंखमुलमा खोलिएको उक्त सपको उद्घाटन चर्चित गायक प्रमोद खरेलले गरेका छन् । ‘फ्रेन्चाइज’ अवधारणामा सञ्चालनमा ल्याइने ‘वेकरिज द केक सप’ को यो पहिलो आउटलेट हो ।

आउटलेटसँगै स्थापना गरिएको उद्योगमा उत्पादित सामाग्रीहरु अन्य आउटलेटमा उपलब्ध गराउने सञ्चालक दिपेन्द्र राउतले जानकारी दिए । हाल काठमाडौं उपत्यकाका मूख्य चहलपहल भएका विभिन्न स्थानमा खोलिने आउटलेटलाई पुग्ने क्षमताका आधुनिक मेसिनहरुद्वारा केकजन्य सामाग्री उत्पादन गरिने सञ्चालक राउतले बताए ।

‘तत्काल काठमाडौंमा ५० सम्म आउटलेटलाई धान्ने क्षमताका पूर्वाधार र जनशक्ति हामीले तयार गरेका छौं ।’ सञ्चालक राउतले भने– ‘आवश्कता अनुसार उद्योगको क्षमता र जनशक्ति थप्दै लगिनेछ ।’

पछिल्लो समय बर्थ डे, म्यारिज एनिभर्सरी लगायत सबै अवसरहरुमा केकको प्रयोग बढ्दै गएको छ । यस्तो अवस्थामा गुणस्तरीय र ब्राण्डेड केक उपभोक्तामाझ पु¥याउने अवधारणबाट यो केक सपको स्थापना गरिएको छ । 

‘नेपालमा केकको बास्तविक स्टैण्डर्डराइजेशनको पहिचान हामी दिंदैछौं ।’ सपका अर्का सञ्चालक सञ्जय महासेठले भने– ‘हामीले उत्पादन गर्ने केकको ब्राण्डलाई  अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह ९आईएसओ० बाट प्रमाणित गर्दैछौं ।’ यस्तो गुणस्तरीय ब्राण्डेड केकलाई काठमाडौं उपत्यकाभित्र अर्डर भएको १ घण्टामै डेलिभरिको व्यवस्था समेत मिलाइएको सञ्चालक महासेठले जानकारी दिए ।

केक प्रयोगको क्षेत्र र डिजिटल माध्यम प्रयोगको क्षेत्रमा ठूलो ग्याप उनले बताए । यो दुई क्षेत्रको देखिएको लामो ग्यापलाई शून्य पार्ने गरी केक अर्डरमा आफूहरुले भरपुर डिजिटल प्रविधि प्रयोगमा ल्याइएको सञ्चालक महासेठले जानकारी दिए ।काठमाडौंमा तत्कालै २० वटा आउटलेट स्थापना गर्ने र त्यस लगतै पोखरा, नेपालगञ्ज र हेटौडामा सेवा विस्तार गर्ने योजना रहेको सञ्चालक महासेठले सुनाए । ‘वेकरिज द केक सप’को ब्राण्डेड केक प्रयोगले अवसरहरुलाई थप उल्लासमय बनाउन मद्दत पुग्ने विश्वास यो सपका सञ्चालकले लिएका छन् ।

यो सपले ‘वी सेलेब्रेट युयोर ह्यापीनेस’ स्लोगन तय गरेर सेवा सुरु गरेको हो । ‘वेकरिज द केक सप’ मा वेकरी सम्वन्धी सम्पूर्ण परिकारहरु उपलब्ध हुनेछन् । यो केक सपले फ्रेस, गुणस्तरीय, उत्कृष्ट र प्रविधियुक्त सरल सेवालाई उच्चप्राथमिकतामा राखेको जनाएको छ ।  

उक्त सपमा ‘टिक टक’ प्रेमीहरुलाई लक्षित गरी फोटो तथा भिडियो सूटको लागि उत्कृष्ट डेकोरेसनको समेत व्यवस्था गरिदिएको छ । ‘वेकरिज द केक सप’ले कफी बनाउने (बारिस्टा) को तालिम समेत चाँडै थाल्ने जनाएको छ ।  वारिष्टा कफि स्कूलमा भने विदेश जाने तथा स्वदेशमै स्वरोजगार वन्न कफि तालिम लिन चाहनेहरुका लागि लक्षित हुनेछ । वेसिक १५ दिने र एडभान्स ३५ दिने कफि बनाउने तालिम उपलव्ध गराउने सञ्चालक राउतले जानकारी दिए ।

Skip This
Skip This
Logo