दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा से १ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ।
जीप गोकुलेश्वरबाट जिल्ला सदरमुकाम खलंगातर्फ गइरहेको थियो। प्रहरीको टोली भर्खरै दुर्घटनास्थल पुगेको र विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब २५० मिटर तल खसेको छ।































प्रतिक्रिया