दार्चुला जीप दुर्घटना : ५ जनाको मृत्यु, ८ घाइते

दार्चुला जीप दुर्घटना : ५ जनाको मृत्यु, ८ घाइते

केन्द्रबिन्दु
0
Shares

दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् ।  गोकुलेश्वर बाट दार्चुलाका लागि छुटेको से १ ज–५५१ नम्बरको जीप शैल्यशिखर नगरपालिका–६ स्थित उल्लानीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी ५ जनाको घटना स्थलमै मृत्यु भएको र ८ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रतापसिंह भण्डारीले बताए ।  मृत्यु हुनेमा ४ जना पुरुष र १ महिला रहे पनि उनिहरुको पहिचान नभएको उनले बताए । जीपको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान गरिएको भएपनि एकिन विवरण भने नआएको उनले बताए । 

दुर्घटनामा परी जीप चालक र सह–चालक सहति ८ जना घाइते भएका र उनिहरुको जिल्ला अस्पताल गोकुलेमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप सडकबाट करिब २ सय ५० मिटर तल खसेको जनाइएको छ ।

Skip This
Skip This
Logo