लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते

लमजुङको घनपोखरामा जीप दुर्घटना, १० जना गम्भीर घाईते

केन्द्रबिन्दु
0
Shares

लमजुङको मस्याङ्दी गाउँपालिका- २ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् । बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो । 

दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेको स्थानीय राम गुरूङले बताए । घाईतेलाई ४ वटा जीपमा उद्दार गरि लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए  ।  घाईते सबै स्थानीय रहेपनि नामथर खुल्न सकेको छैन ।

Logo