आजपनि विभिन्न स्थानमा वर्षाको सम्भावना

आजपनि विभिन्न स्थानमा वर्षाको सम्भावना

केन्द्रबिन्दु
0
Shares

देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। 

देशका विभिन्न स्थानमा शनिबार पनि वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभागले प्रदेश–१ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक्दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। 

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने विभागको अनुमान छ। वर्षाको सम्भावना रहेका पहाडी स्थानमा पहिरो जानसक्ने भएकाले सचेत रहन पनि विभागले आग्रह गरेको छ।

Skip This
Skip This
Logo