नेपाल सरकार र बेलायत सरकारबीच सोमबार श्रम समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ । बेलायत सरकारले नेपाली स्वास्थ्यकर्मीलाई रोजगारी दिने प्रस्ताव गरेसँगै सरकारले चासो देखाएको थियो।
नेपाली नर्सहरूलाई बेलायतमा रोजगारीको अवसर प्रदान गर्ने गरी बेलायत र नेपालबीच श्रम समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो ।
नेपाल र बेलायतबीच जी टू जी अर्थात सरकार–सरकारबीचको समझदारी मोडलमा नेपाली नर्सलाई बेलायतमा रोजगारीका लागि पठाउने गरी सम्झौता गर्ने तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
दुवै देशका प्रतिनिधि सम्मिलित अध्ययन समितिले समझदारीपत्रको मस्यौदालाई अन्तिम रुप दिएपछि हस्ताक्षरको मिति तय भएको श्रम मन्त्रालयले जनाएको छ।































प्रतिक्रिया