कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला मंगलबार

कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला मंगलबार

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले आज आइतबार का सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आउँदो मङ्गलवार सुनाउने भएको छ । 

भदौ १ गते सुनुवाइ सकेर निर्णय सुनाउने मिति तोकिएको थियो। उक्त दिन नभ्याउने भएपछि आइतबारका लागि तोकिएको थियो। करिब ९९ थान रिटमा गत साउन १७ गते नै सुनुवाइ सकेर फैसलाका लागि गत बुधबारको मिति तोकिएको थियो। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित पाँच न्यायाधीशको इजलासमा रहेको पेसी फैसला लेख्न नभ्याएका कारण सरेको सर्वोच्च अदालतले जनाएको छ।

यो मुद्दामा फैसला नहुँदा संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको कामले पूर्णता पाउने सकेको छैन। सरकारले समायोजनाका लागि पठाएपछि कर्मचारीहरुले अदालतको मुद्दा देखाउँदै आएका छन्। 

त्यस्तै, लोक सेवा आयोगले पनि नयाँ विज्ञापन रोकेको छ। सर्वोच्चले सुनाउने फैसलाका आधारमा नयाँ विज्ञापन गर्नुपर्ने भएकाले आयोग पनि यो फैसला कुरेर बसेको छ।

Logo